तिब्बतको इतिहास र वर्तमान अवस्था

           इश्व पूर्व कालदेखि नै छिंगहाई-तिब्बत टारभूमिमा बसोबास गरिआएका तिब्बतीहरु र चीनको भित्री भागमा बसोबास गरेका हान् जाति बीच सम्पर्क रहदैआएको छ। समय बित्दैजाँने क्रममा त्यहाँ छरिएर बसिरहेका अनेक जातिहरु क्रमशः एकताबद्ध भएर हालको तिब्बती जाति बनेको छ।

           इस्वी सम्बत सातौं शताव्दीको शुभारम्भमा चीनको भित्री क्षेत्र तीन सय वर्षसम्मको फुटपछि फेरि एकत्रित भएको थियो। यसका साथै तिब्बती जातिका बहादुर सुंचन्कंबोले पनि थु पो वंशको स्थापना गरी ल्हासालाई आफ्नो राजधानी बनाउनुभएको थियो। आफ्नो शासनकालमा उहाँले थांग वंशको अग्रसर उत्पादन प्रविधि र राजनैतिक तथा साँस्कृतिक उपलव्धिहरु भित्र्याएर राजनीतिक, आर्थिक तथा साँस्कृतिक आदि क्षेत्रमा थांग वंशसँग निकै आत्मिक मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुभएको थियो।

           सन तेह्रौं शताव्दीको मध्यकालमा तिब्बत क्षेत्रलाई औपचारिक रुपमा चीनको नक्सामा समाबेश गरिएको थियो। त्यसपछि चीनको राजनीतिमा जुनसुकै राज-वंशको शासन रहे तापनि तिब्बत सधैं नै चीनको केन्द्रीय सरकारको शासन-अधिकार क्षेत्रभित्र रहदैआएको छ।

           सन 1644 मा छिंग वंश सत्तामा आएपछि त्यसले तिब्बतको शासनलाई अझ सबल पारेको थियो। केन्द्रीय सरकारले तिब्बतमा सार्वभौम अधिकारको उपभोग मार्फत शासन व्यवस्थालाई अझ व्यवस्थित र कानूनी बनाएको थियो। सन 1727 मा छिंग वंशको सरकारले तिब्बतमा आफ्ना मन्त्री पठाएर केन्द्रीय सरकारका तर्फबाट तिब्बतको स्थानीय प्रशासनसँग समन्वय गर्ने का गरेको थियो।

          सन 1949 मा जन-गणतन्त्र चीनको स्थापना भयो। चीनको केन्द्रीय जन-सरकारले तिब्बतको इतिहास र वास्तविक अवस्था बमोजिम शान्तिपूर्ण मुक्तिको कार्यनीति अघि बढाउने निर्णय गरेको थियो। केन्द्रीय जन-सरकारले तिब्बती जनताको इच्छानुसार तिब्बतमा प्रजातान्त्रिक सुधार गरी सामन्तवादी भूदास व्यवस्थाको अन्त्य गरेको थियो। यसरी तिब्बतीहरु त्यति बेलादेखि स्वतन्त्र भएर नयाँ स्वाधीन समाजका मालिक बनेका छन। त्यसपछि केही वर्षको विकास पछि सन 1965 को सेप्टेबरमा तिब्बत स्वायत्त प्रदेशको स्थापना औपचारिक रुपमा गरियो।