वन उद्योग

            तिब्बतमा भएको वनको कूल क्षेत्रफल 63 लाख हेक्टर छ। यो तिब्बत स्वायत्त प्रदेशको कूल भू-भागको पाँच प्रतिशत हो। यो प्रतिशत चीनको औसत प्रतिशतको तुलनामा एकदमै कम हो। तर तिब्बतमा भएका दारका लागि प्रयोगमा ल्याइने रुखको कूल परिमाण एक अरब चालिस करोड क्यूबिक मिटर छ। यस दृष्टिकोणले तिब्बत चीनमा दोस्रो स्थानमा रहेको छ। तिब्बत चीनमा पछिका लागि साँची राखिएको जंगलको महत्वपूर्ण अखडा हो। तिब्बतमा वनको मुख्य श्रोत खासगरी यालुचाङ्गबु नदीको मध्य तथा तल्लो भाग, शान नान क्षेत्र तथा पूर्वी भागको उपत्यकामा रहेका छन। यस क्षेत्रको वन्य श्रोतमा मुख्यतया प्राकृतिक जंगल रहेको छ।

           तिब्बत सरकारले हाल पर्यावरणीय निर्माणलाई ठूलो महत्व दिएको छ। यस प्रदेशमा अठारवटा राष्ट्रस्तरीय तथा प्रान्तस्तरीय प्राकृतिक संरक्षण क्षेत्रको निर्माण गरिएको छ। ती संरक्षण क्षेत्रहरुले तिब्बत स्वायत्त प्रदेशको कूल भू-भागको 33.9 प्रतिशत क्षेत्रफल ‌ओगटेका छन। यसरी तिब्बतमा ह्रासोन्मुख अवस्थामा रहेको पर्यावरणीय वातावरणको राम्ररी संरक्षण गरिएको छ। हालसम्म तिब्बतको पर्यावरणीय अवस्था आधारभूत रुपमा अछुत अवस्थामा छ र यो चीनमा वातावरणको दृष्टिकोणले संरक्षण गरिएको सबैभन्दा राम्रो क्षेत्र हो।