तिब्बतको शैक्षिक अवस्था

        चीनले तिब्बतमा निःशुल्क शिक्षा पद्धति लागू गरेको छ। प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म तिब्बती विद्यार्थीहरुको सम्पूर्ण शुल्क राज्यले बेहोर्ने गरेको छ। यस किसिमको सुविधाजनक र सहुलियतपूर्ण नीति चीनको तिब्बतमा मात्र लागू गरिएको छ। पूरानो तिब्बतमा आधुनिक दृष्टिबाट हेर्दा एउटा राम्रो विद्यालय पनि थिएन र विश्वविद्यालयको त झन् कुरै थिएन। आजआएर तिब्बतमा चारवटा विश्वविद्यालय स्थापित भैसकेका छन्।

           शिक्षाको विकासमा तिब्बतलाई सहायता दिने उद्देश्यसहित सन् 1985 यता केन्द्रीय सरकारले चीनका भित्री प्रदेशका एक्काइसवटा प्रान्त र शहरहरुमा तिब्बती विद्यालय वा कक्षा स्थापना गरेर तिब्बतका लागि विश्वविद्यालय, माध्यमिक विद्यालय र पेशागत विद्यालयका लगभग दश हजार विद्यार्थीहरुलाई तालिम दिइरहेको छ। ती विद्यार्थीहरुका लागि आवश्यक लत्ता-कपडा, खाना, बिसोबास तथा शैक्षिक शुल्क सबै सरकारले व्यहोर्ने गरेको छ।

           सन् 2003को अन्त्यसम्ममा तिब्बतमा विभिन्न स्तर र विभिन्न किसिमका विद्यालयहरुको संख्या एक हजार एघार पुगिसकेको छ भने शिक्षा प्रदान थलोहरुको संख्या दुई हजार बीस पुगिसकेको वताइएको छ। ती विद्यालयहरुमा चार अरब त्रिपन्न हजार चार सय विद्यार्थीहरुले लेखपढ गर्नेगरेका छन। एकान्नब्बे दशम्लब आठ प्रतिशत वाल-वालिकाहरु प्राथमिक विद्यालयमा भर्ना भएका छन्। निरक्षरहरुको संख्या घट्दै गएर तीस प्रतिशत भन्दा कम भएको वताइएको छ। विपन्न क्षेत्रमा विद्यालय शीक्षाबाट वञ्चित भएका वाल-वालिकाहरुलाई पुनः विद्यालयमा भर्ना हुन सहायता दिने लक्ष्यसहित "आशातित परियोजनाले"सन् 1992 देखि यता एक सय असी भन्दा बढि आशातित विद्यालय""को स्थापना गरेको छ। विद्यालयमा अध्ययनरत् छत्तिस हजार विद्यार्थिहरुलाई आर्थिक सहायता दिइएको छ ।