ग्वेन् च बाजा

           ग्वेन् च बाजा दुइवटा रिड भएको फुकेर बजाउने बाजा हो। त्यसको इतिहास लामो छ। यस बाजाको शुरुवात प्राचीनकालीन फारस अर्थात हालको इरानबाट भएको हो। प्राचीन चीनमा त्यसलाई "बि सि" वा "लु ग्वेन्" भनिन्थ्यो। दुइ हजार वर्षभन्दा अघि शासन-सत्तामा रहेको पश्चिमी हान राज-वंशकालमा ग्वेन् च चीनको सिंग च्यांग क्षेत्रमा प्रचलित बाजा बनिसकेको थियो। त्यसपछि ग्वेन् च बाजाले चीनमा प्रवेश पायो। विकासका क्रमसँगै परिवर्तित र विकसित भएपछि ग्वेन् च बाजा बजाउने कला र प्रविधिमा निरन्तर रुपमा सुधार र विकास हुँदैआएको छ। ग्वेन् च बाजा हाल चीनका सर्वसाधारणका बीच निकै प्रचलित छ र यो उत्तरी चीनका जनताले बढी मन पराउने सामान्य बाजा बन्नपुगेको छ।

          ग्वेन् च बाजाको स्वर निकै ठूलो छ। त्यसको स्वर उच्च, चर्को, सुस्पष्ट र फूर्तिदायक छ। त्यससित आफ्नो थातथलोका विशेषता छ। ग्वेन् च बाजाको बनौट निकै सरल छ। त्यो सिटी, नली आदिबाट बनाइएको छ। ग्वेन् चको प्रयोग व्यापक छ। त्यसलाई एक्लै वा सामूहिक रुपमा बजाउन सकिन्छ वा साथ दिने बाजाका रुपमा पनि यसको प्रयोग हुनसक्छ। विशेष गरी, उत्तरी चीनको केही सङ्गीतमा ग्वेन् च बाजा फूकेर बजाइने अति महत्वपूर्ण बाजा हो। ग्वेन् च बाजा बजाउने तरिका विविध छ। त्यसको आवाजले मानिस वा विभिन्न जनावरको स्वरको नक्कल गर्न सक्छ।

         ग्वेन् च बाजा बजाउने तरिका विभिन्न खालका छन र त्यस बाजाका प्रकार पनि धेरै छन। जस्तो भनौं स्यआओ ग्वेन्, चोंग ग्वेन् , ता ग्वेन्, दबल ग्वेन् आदि।

          संगीत:《ढोका अलिकति मात्र खोलेको छ》