हु लु स्याओ बाजा

           हु लु स्याओ बाजा चिनियाँ अल्पसंख्यक जातिको फूकेर बजाइने बाजा हो। त्यो दक्षिण-पश्चिमी चीनमा बसोबास गर्ने ताइ जाति, आ छांग जाति र वा जाति आदि अल्पसंख्यक जातिले सबैभन्दा बढी मन पराउने र सबैभन्दा बढी उपयोग गर्ने बाजाहरुमध्येको एक हो।

           हु लु स्याओ बाजाको इतिहास लामो छ। त्यसको शुरुवात इसा पूर्व 221 मा भएको हो। आजको हु लु स्याओले बनौटको दृष्टिकोणबाट हेर्ने हो भने प्राचीनकालका उस्तै बाजाका विशेषता कायम राखेको छ।

          हु लु स्याओको आकार र बनौट एकदमै विशेष खालको छ। त्यसलाई यौटा पूर्ण तुम्बामा बाँसका तीनवटा नली र धातुका तीनवटा रिड जोडेर बनाइको छ। तुम्बाको टुप्पोमा फुक्नका लागि यौटा बाँसको नली जोडिएको छ। त्यो तुम्बा स्वतः गुन्जन बाकस बनेको छ। अनि तुम्बा मुनिबाट तीनवटा मोटा वा मसिना बाँसका नली घुसाइएका छन। हरेक बाँसको नलीमा यौटा तामा वा चाँदीको रिड अंकित छ। बीचको मुख्य नली सबैभन्दा मोटो छ। त्यस नलीमा सातवटा प्वाल बनाइएका छन जसबाट संगीतको धुन बनाउन सकिन्छ।

         जाति र क्षेत्र फरक-फरक भएकाले युन् नान् प्रान्तका अन्य अल्पसंख्यक जातिले उपयोग गर्ने हु लु स्याओ बाजा आकार र बजाउने तरिका पनि फरक-फरक छ। तर तिनीहरुको यौटा साझा विशेषता भनेको पहाडी स्थानीय गीत बजाउनु र विशेष गरी नरोकिइकन संगित बजाउनु हो।

          पछि चिनियाँ जातीय संगीत कार्यकर्ताले हु लु स्याओ बाजामा सुधार पनि गरेका छन। त्यस नयाँ खालको बाजाले परम्परागत हु लु स्याओ बाजाको विशेष स्वर र शैली कायम राख्नुका साथै स्वर-परिमाणलाई ठूलो र स्वरको क्षेत्रलाई विस्तृत पार्नुका साथै स्वरको अभिव्यक्ति क्षमता पनि सबल पारेको छ जसले गर्दा हु लु स्याओ बाजा जस्तो चिनियाँ अल्पसंख्यक जातिको स्थानीय बाजा मञ्चमा पुगेको छ। चिनियाँ संगीतकारहरुको विदेश भ्रमणका क्रममा हु लु स्याओ बाजाले पनि विश्व कला मञ्चमा प्रवेश पाएको छ।

          संगीत:《चन्द्रमा कीरणमुनिको झाडी बांस》