फु तुंग शंग

        श्री फु तुंग शंगको जन्म सन् 1934 मा चीनको ल्याउ नींग प्रान्तको शन यांग शहरमा भएको हो। सन् 1949 देखि उहाँले कला र साहित्य क्षेत्रमा कार्य शुरु गर्नुभयो। त्यसपछि उहाँले लु श्युन कला तथा साहित्य अध्ययन संस्थानमा अध्ययन गर्नुभयो। उहाँले अहिले चीनको जातीय आर्केष्ट्रल संगीत संघका प्रमुख, चिनियाँ संस्कृति मन्त्रालय अन्तर्गत कला जाँच-बुझ समितिका उप-प्रमुख, चीनको सर्वाधिकार अनुसन्धात्मक समितिका सदस्य हुनुहुन्छ।

          पचास वर्षभन्दा बढी अवधिको संगीत जीवनमा श्री फु तुंग शंगले मुख्य गरी आर्केष्ट्राको निर्देशन कार्य गर्नुभएको छ। पहिलो चिनियाँ कला महोत्सवको उद्घाटन समारोहमा उहाँको निर्देशनमा एक हजार जनाले "चिनियाँ भव्य संगीत " वादनमा भाग लिएका थिए। उहाँ आमन्त्रित भएर थाइवानको थाइपै ली क्व आर्केष्ट्रा र काउ श्यौं शहरको आर्केष्ट्राका निर्देशक हुनुभएको थियो। उहाँले हंगकंगको चिनियाँ आर्केष्ट्रा र सिन्गापुरको चिनियाँ आर्केष्ट्राको पनि निर्देशन गर्नुभएको थियो। उहाँले चीनको केन्द्रीय जातीय आर्केष्ट्रा, चिनियाँ ओपेरा तथा "मूक अभिनय जातीय आर्केष्ट्रा"को निर्देशन पनि गर्नुभएको थियो। यसका साथै उहाँले कतिपय सिनेमा, टेले-नाटकको पनि निर्देशन गर्नुभएको छ।

          यसका साथै श्री फु तुंग शंगले चिनियाँ जातीय संगीतको सर्जना तथा संगीतको सिद्धान्त सम्बन्धी अध्ययन गर्नुभएको छ। उहाँले《च्यांग सु प्रान्तको लोकप्रिय गीत》,《म्याउ जातिले सूर्य हेर्ने》लगायतका चिनियाँ जातीय आर्केष्ट्राको सिर्जना गर्नुभएको छ। सुओना हर्न कन्सर्ट《विजय मनाउनु》, दुइ-तारे चिनियाँ सारंगी वादन《घाँसे-मैदान》लगायतका झण्डै एक सयवटा जातीय संगीतको सिर्जना गर्नुभएको छ। उहाँले सिंगापुर, थाइ वान, पैचिंगमा《आफ्ना रचनाहरुको》प्रदर्शन कार्यक्रमहरुको आयोजना गर्नुभएको छ। वितेका धेरै वर्षदेखि यता उहाँले《जन संगीत》, 《संगीत सप्ताहिक समाचार पत्र》लगायतका पत्रिकामा धेरै लेख तथा शोध-प्रबन्धहरु प्रकाशित गर्नुभएको छ।

          सन् 1993 मा श्री फु तुंग शंगलाई चिनियाँ संस्कृति मन्त्रालयबाट साहित्य तथा कला क्षेत्रमा उल्लेख्य योगदान गरे वातप विशेषज्ञको सम्मान दिइएको छ। उहाँ चीनको राज्य परिषद्द्वारा दिइने सरकारी विशेष भत्ता पाउनुहुन्छ।

            संगगित:《 व्हा हाउ य्वै इउआन》