यांग हौं चि

  श्री यांग हौं चि चीनका प्रसिद्ध मध्य-गायक हुनुहुन्छ। उहाँ चिनियाँ संगीतकार संघका सदस्य हुनुहुन्छ। श्री यांग हौं चि सन् 1941 को फ्रेब्रुअरी महिनामा चीनको ल्याउ नींग प्रान्तको ता ल्येन शहरमा जन्मनु भएको थियो। वाल्यकालदेखि नै उहाँ गीत गाउन मन पराउनुहुन्थ्यो। सन् 1959 मा उहाँले ता ल्येन नाट्य टोलीमा प्रवेश गर्नुभएको थियो। सन् 1962 मा उहाँले पैचिंग ओपेरा टोलीमा प्रवेश भएको छ।

       अध्ययन संस्थानमा गायनको सिद्धान्त नसिकेका मानिसका लागि गायक बन्नु गाह्रो काम भएको कुरा श्री यांग हौं चिले राम्रोसँग बुझ्नुभयो। त्यस कारण उहाँले आफ्नो युवाकालदेखि नै संगीतका विभिन्न सिद्धान्त सिक्नुभएको थियो। तीमध्ये पियानो, हार्मोनी, इटालीको भाषा समावेश छन्। यस पढाइले उहाँको वर्तमान ठूलो उपलव्धीका लागि निर्णायक भूमिका निर्वाह गरेको छ।

        सन् 1979 मा जापानका प्रसिद्ध संगीत निर्देशक सेचि ओचाकाले चीनमा आएर चिनियाँ केन्द्रीय संगीत टोलीसँगै सहयोग गरी बिटोभनको नौ नम्बर सिम्फोनीको प्रदर्शन गर्नुभएको थियो। श्री सेचि ओचाकाले समस्त चीनका सयौं गायकहरुमध्ये श्री यांग हौं चिको ठूलो प्रशंसा गर्नुभएको थियो। सन् 1984 मा प्राध्यापक शन श्यांगको सिफारिशमा उहाँले हंगकंगको संगीत टोली तथा चिनियाँ मूलका अमेरिकी संगीत निर्देशक यौं सिसँगै मिलेर उत्कृष्ट अंग्रेजी भाषामार्फत श्री हादनको ठूलो ढाँचाको पूरानो उत्कृष्ट संगीत 《ऋतु》गाउनुभएको थियो। त्यसपछि उहाँले चिनियाँ केन्द्रीय संगीत टोलीसँगै मिलेर धेरै ठूलो ढाँचाको पूरानो उत्कृष्ट संगीतमा मध्यम-गायकको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले ठूलो ढाँचाको ओपेरा 《कार्मन》, 《टोस्का》, पहिलेको सोभियत संघको ओपेरा《यहाँको विहान सबेरै शान्तिपूर्ण रहेको》मा मुख्य अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो। चीनका धेरै ओपेरा जस्तो, 《चिनियाँ कम्युनिष्टकी छोरी》मा मुख्य अभिनेता हुनुहुन्थ्यो। विशेष गरी सन् 1998 मा चीनका प्रसिद्ध संगीतकार श क्वांग नानको ओपेरा 《छुइ युआन》मा छुइ युआनको भूमिका निर्वाह गरेर उहाँले ठूलो सफलता प्राप्त गर्नुभयो।

        श्री यांग हौं चिले चीनको ओपेरा सम्बन्धी प्लम ब्लजम पुरस्कार तथा राज्य परिषद्द्वारा दिइने सँस्कृति पुरस्कार पाउनुभएको थियो। उहाँले चिनियाँ केन्द्रीय टेलिभिजनका महत्वपूर्ण समारोहहरुमा पटक-पटक भाग लिनुभएको छ। यसका साथै उहाँले धेरै सिनेमा र टेले-नाटकका लागि गीत गाउनुभएको छ। जस्तो,《तीन मुलुक बीचको कथा》, 《मास्को, नमस्ते》को शिर्ष गायन, जसले मानिसहरुको मनमा गहिरो छाप पारेको छ।

          गीत: 《यांग सि नदी पूर्वतिर बग्नु》