वु पि श्या

         सुश्री वु पि श्या उच्च श्वरमा गाउने महिला गायक हुनुहुन्छ। उहाँको जन्म हु नान प्रान्तको छांग त शहरमा भएको थियो। उहाँले बाह्र वर्षदेखि नै औपचारिक रुपमा प्रदर्शन शुरु गर्नुभएको थियो। चिनियाँ संगीत अध्ययन संस्थानमा अध्ययन गर्दा व्यावसायिक श्वर तालिम र प्रशस्त रचना सम्बन्धि पढाइमार्फत उहाँले चिनियाँ जातीय तथा विदेशी गायनको तरिका कुशलतापूर्वक सिक्नुभयो।

         सुश्री वु पि श्याले सन् 1993 मा चिनियाँ संगीतकार संघ तथा चिनियाँ साँस्कृतिक मन्त्रालयद्वारा आयोजित गायन प्रतियोगितामा रजत पुरस्कार प्राप्त गर्नुभयो। सन् 1993 को जुलाइ महिनामा उहाँले आफ्ना पहिलो डिस्क 《चीनका राम्रा केटी》रिकर्ड गर्नुभयो। त्यसपछि उहाँले सन् 1996 मा आयोजित "राष्ट्रिय गायन प्रतियोगिता"मा प्रथम पुरस्कार, पहिलो "चिनियाँ अन्तर्राष्ट्रिय गायन प्रतियोगिता"मा प्रथम पुरस्कार, आठौं "स्पेन पिकपाउ अन्तर्राष्ट्रिय गायन प्रतियोगिता"मा प्रथम पुरस्कार, चौथो "पोल्याण्ड मोनिउस्को अन्तर्राष्ट्रिय गायन प्रतियोगिता"मा दोश्रो पुरस्कार प्राप्त गर्नुभयो। अन्तर्राष्ट्रिय संगीत क्षेत्रको "ओलम्पिक" भनिने चाइकोभस्कि अन्तर्राष्ट्रिय संगीत प्रतियोगितामा सुश्री वु पि श्याले दोश्रो स्थान प्राप्त गर्नुभयो। उहाँले आफ्नो अपूर्व श्वरमार्फत विश्व संगीत क्षेत्रमा चिनियाँ गायिकाको सशक्त शक्ति भएको कुरा प्रमाणित गर्नुभयो।

         सन् 2000देखि सुश्री वु पि श्याले पैचिंग, हु नान, सिंगापुर लगायतका स्थानमा धेरै पटक आफ्ना संगीत समारोहको आयोजना गर्नुभएको छ। यसका साथै उहाँले विश्वका प्रख्यात संगीतकार, संगीत निर्देशक, वादक र विदेश तथा स्वदेशका व्यावसायिक संगीत टोलीसँगै मिलेर प्रदर्शन गर्नुभएको छ। सन् 2001 को मे महिनामा अन्तर्राष्ट्रिय राग गायन संघ र स्पेनको राष्ट्रिय प्रसारण तथा टेलिभिजनको निमन्त्रणामा उहाँले माड्रिडमा गाला लिराका संगीत महोत्सवमा भाग लिनुभयो। सन् 2001 को डिसेम्बरमा अन्तर्राष्ट्रिय राग गायन संघ र स्पेनको आरिआगा ओपेरा थिएटरको निमन्त्रणामा उहाँले सफलताका साथ ओपेरा रिकोलेटोमा प्रमुख महिलाको भूमिका निर्वाह गर्नुभयो। सन् 2002 मा सिंगापुरको पिन हाई कला केन्द्रको निमन्त्रणामा उहाँले ओपेरा 《माको पोलो र राजकुमारी ब्रुहान》को भूमिका निर्वाह गर्नुभयो।

       सुश्री वु पि श्याको हरेक पटकको सफल प्रदर्शनले स्वदेश र विदेशका कतिपय सञ्चार माध्यमको ध्यानाकर्षण गरेको छ। चिनियाँ केन्द्रीय टेलिभिजनले धेरै पटक उहाँका गीत रिकर्ड गरेको छ। स्पेनको सञ्चार क्षेत्रले उहाँको श्वरलाई "दैवी आवाज"को संज्ञा दिएको छ। रुसका सञ्चार माध्यमहरुले उहाँलाई "पूर्वकी श्वर साम्रागी"को संज्ञा दिएका छन्। चीनको जन-दैनिक समाचार पत्र लगायतका धेरै सञ्चार माध्यमहरुले उहाँका सम्बन्धमा विशेष विवरण छापेका छन्।

          गीत: 《बुलबुल》