छन च्

          श्री छन च् उच्च श्वरमा गाउने चीनका प्रख्यात पुरुष गायक हुनुहुन्छ। उहाँ चिनियाँ संङ्गीतकार संघका सदस्य हुनुहुन्छ। उहाँको जन्म सन् 1946 मा भएको थियो। सन् 1962 मा उहाँ चिनियाँ जन-मुक्ति सेनामा भर्ता हुनुभयो। सन् 1983 मा उहाँ चिनियाँ केन्द्रीय चिनियाँ संङ्गीत अध्ययन संस्थानको ओपेरा विभागबाट स्नातक हुनुभयो।

           उहाँको प्रदर्शनको विशेषता शब्दको स्पष्ट उच्चारण र मीठो स्वर हो। उहाँले कुशलताका साथ इटलीको परम्परागत गायन पद्धतिको प्रयोग गर्नुभएको छ। उहाँले स्वर्गीय संङ्गीतकार श क्वांग नानद्वारा सिर्जना गरिएको ओपेरा《शोक》मा मुख्य भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले धेरै पटक चीनको ठूलो ढाँचाको कला प्रदर्शनमा भाग लिनुभएको छ। चीन र विदेशका विशेषज्ञहरु तथा दर्शकहरुले उहाँको उच्च मूल्यांकन गर्नुभएको छ।

  विश्वमा सबैभन्दा प्रसिद्ध उच्च स्वरमा गाउने गायिका, अमेरिकाको न्यू-योर्क ओपेरा नाट्यशालाका प्रमुख बेभरि बेचिले उहाँलाई "विरलै देखिने उच्च स्वरमा गाउने पुरुष गायक" भन्नुभएको छ। अमेरिकाको न्यू-योर्क टाइम्सले उहाँलाई "धेरै वर्षपछि देखिएको सबैभन्दा उत्तम तारा एवम् उच्च स्वरमा गाउने उत्तम पुरुष" भनेको छ।

         हालका केही वर्षमा श्री छन च्ले चिनियाँ कलाकारको हैसियतबाट विश्वका विभिन्न स्थानमा प्रदर्शन गर्नुभएको छ। उहाँले पैचिंग, शांहाई, क्वांग चौ, शन चन्, हंगकंग लगायतका स्थानमा प्रदर्शन गरी आफ्नो शीप तथा मीठो स्वरमार्फत विश्वका धेरै दर्शकहरुलाई आकर्षित गर्नुभएको छ।

        संङ्गीत: 《मेरो सूर्य》