च्यांग चा वै

  श्री च्यांग चा वै चीनका प्रसिद्ध गायक हुनुहुन्छ। श्री च्यांग चा वैको जन्म सन् 1947 मा चीनको थेन चिन शहरमा भएको थियो। उहाँलाई वाल्यकालदेखि नै संङ्गीत तथा कला मन पर्थ्यो। सन् 1970 मा उहाँले वन-जंगल प्रहरी कला-मण्डलमा भाग लिनुभएको थियो।

          सन् 1975 मा श्री च्यांग चा वैले पैचिंगस्थित चिनियाँ केन्द्रीय जातीय नाचगान मण्डलमा एकल गायनका अभिनेता हुनुहुन्थ्यो। त्यस अवधिमा उहाँ चिनियाँ केन्द्रीय जातीय नाचगान मण्डलका प्रमुख, चिनियाँ हलेका संङ्गीत मण्डलका प्रमुख हुनुहुन्थ्यो।

         श्री च्यांग चा वै चीनका सबैभन्दा प्रसिद्ध उच्च स्वरमा गाउने गायक हुनुहुन्छ। उहाँको ध्वनि मिठो र उहाँको भावना हार्दिक छ। उहाँले गाउनुभएका गीतहरुले चीनका विभिन्न जातिका मानिसहरुको मन जितेका छन्।

        धेरै वर्षदेखि यता उहाँले हजारौं गीत तथा सयौ‍ सिनेमा अथवा टेलि-नाटकका लागि मुख्य गीत गाउनुभएको छ। तीमध्ये 《आलुको फूल फुल्ने स्थानमा》, 《पिओनियाको गीत》, 《अघि सार्ने बाटो कहाँ छ》लगायत गीतहरु चीनमा धेरै लोकप्रिय छन।

        श्री च्यांग चा वैले धेरै पटक अमेरिका, क्यानाडा, जापान, जर्मनी, सिंगापुर, थाइल्याण्ड लगायतका मुलुक तथा क्षेत्रमा गई गीती कार्यक्रमको आयोजना गरी स्वदेश र विदेशका दर्शकहरुको उच्च प्रशंसा प्राप्त गर्नुभएको छ।

       संङ्गीत: 《आलुको फूल फुल्ने स्थानमा》