ल्यु द हाई

           प्रसिद्ध बीणा वादक ल्यु द हाई चीनको गत शताव्दीको पचासको दशकको अन्तमा हुर्कनुभएका सर्बश्रेष्ठ वादकहरुमध्येका एक हुनुहुन्छ। मानिसहरुले उहाँलाई बीणा मास्टर भन्ने गरेका छन्। श्री ल्यु द हाईको जन्म सन् 1937 मा शांहाई शहरमा भएको थियो। माध्यमिक विद्यालयमा पढ्दादेखि नै उहाँमा लोक गीतप्रति रुची थियो। उहाँले संगीतका क्षेत्रमा टड्कारो क्षमता देखाउनुभयो। सन् 1950 मा तेह्र वर्षिय ल्यु द हाईलेदुइ-तारे चिनियाँ सारंगी र बीणा लगायतका वाद्य-यन्त्रहरु बजाउन शुरु गर्नुभयो। सन् 1954 मा उहाँले प्रसिद्ध बीणा वादक श छंगबाट बीणा-वादन कला सिक्न शुरुगर्नु भयो। सन् 1957 मा श्री ल्यु द हाईले चिनियाँ केन्द्रीय संगीत अध्ययन संस्थानमा प्रवेश गरी बीणा-वादन कला सिक्नुभयो।

           श्री ल्यु द हाईको वादन-कला राम्रो छ, स्वर स्पष्ट र शुद्ध छ र उहाँको शीप उच्च छ। उहाँले बजाउनुभएको संगीतले श्रोताहरुको मनमा गहिरो छाप पारेको छ। फु तुंग भन्ने पक्षका आधारमा उहाँले अरु पक्षहरु बारे सिक्नुभयो। उहाँले बीणा बजाउने आधारभूत प्रविधिको विकास गर्नुभएको छ भने परम्परागत संगीतको बारेमा उहाँसँग पहिले नै प्रशस्त ज्ञान थियो। परम्परागत वादन पद्धतिका आधारमा श्री ल्यु द हाईले संगीतको विशेषता अनुसार बजाउने तरिका तथा संगीतको समाधान गर्नेतर्फ धेरै सुधार गर्नुभयो। जस्तै बीणा बजाउँदा दायाँ हातको बूढी औंलालाई मुक्ति गरी बजाउन सकिन्छ।

           श्री ल्यु द हाईले बनाउनुभएका संगीतहरुको संख्या थुप्रै छ। उदाहरणका लागि प्राचीन कालको 《चारैतिरबाट कुरेर बस्नु》संगीतदेखि आधुनिक संगीत 《लांग या शान पहाडका पाँचजना बहादुर》, 《यी जातीय नाच-गान》, 《चिनियाँ कम्युनिष्ट पार्टीका लागि एउटा गीत गाऔं》लाई लिन सकिन्छ। हरेक पटक उहाँले बजाउनुभएको 《लांग या शान पहाडका पाँचजना बहादुर》, 《घाँसे मैदानमा रहेका दिदी-बहिनी》《चारैतिरबाट कुरेर बस्नु》लगायतका संगीत सुन्दा मानिसहरुलाई उहाँले बीणामार्फत कथा सुनाएको जस्तै लाग्छ।

        संगीतलाई लोकप्रिय पार्नका लागि श्री ल्यु द हाईले 《ल्यु यांग ह नदी》, 《टाढाबाट आएका पाहुनाहरु, बसौं》लगायतका धेरै गीतलाई बीणा-संगीतको रुपमा संशोधन गर्नुभयो। उहाँले संगीत बनाउने नयाँ तरिका निकालेर प्रशस्त उपलव्धि हासिल गर्नुभयो। सन् 1978देखि 1981 सम्म श्री ल्यु द हाईले अमेरिकाको बोस्टोन सिम्फोनी आर्केष्ट्रा तथा विश्वका प्रसिद्ध निर्देशक सैचि ओचावासँगै मिलेर पैचिंग, अमेरिकामा बीणा संगीत 《घाँसे मैदानमा रहेका दिदी-बहिनी》 बजाएर चीन र विदेशका श्रोताहरुको मन जित्नुभयो।

         श्री ल्यु द हाईले हासिल गर्नुभएको व्यावसायिक तालिम र लामो अनुभवका कारण उहाँ अरुको तुलनामा संगीतको गहन अर्थ अभिव्यक्त गर्नसक्नुहुन्छ। उहाँ अहिले चिनियाँ संगीत अध्ययन संस्थानका प्राध्यापक, चिनियाँ संगीतकार संघका स्थायी प्रमुख, चिनियाँ साहित्यकार तथा कलाकार संघका सदस्य हुनुहुन्छ। उहाँले तीसवटाभन्दा बढी मुलुकहरुको भ्रमण गर्नुभएको छ। बीणा र सिम्फोनी आर्केष्ट्रलाई मिलाउने कार्यमा पनि उहाँले प्रभावकारी योगदान गर्नुभएको छ जसबाट बीणा-वादनको क्षेत्रमा अन्तर्राष्ट्रिय आदान-प्रदानमा नयाँ परिस्थिति सिर्जना भएको छ।

   \संगित:《 शी म्यान माइ फू》