युगूर जातीय चिकित्सा

युगूर जातीय चिकित्साको संक्षिप्त परिचय

         प्राचीन कालमा सिंगच्यांग मध्य एशियामा परेको मानिन्थ्यो। चीनको पश्चिम हान राजवंश(सन् 206-25) ताका सो क्षेत्रलाई तेर्सो गरी काटेर गएको "रेशम मार्ग"मा निर्बिघ्न रुपमा व्यापारिक आवत-जावत भइरहेको थियो। यसबाट व्यापारको विकास र साँस्कृतिक आदान-प्रदानलाई घच्घच्याउने काम भएको थियो। यस क्रममा पूर्व र पश्चिमका चिकित्सा पद्धति र औषधीहरु क्रमशः मध्य एशियाको केन्द्रमा पर्ने सिंच्यांगमा फैलिएकाले स्थानीय जातीय चिकित्साको विकासमा यो प्रेरक शक्ति बनेको थियो। यसैले युगूर जातीय चिकित्सा भनेको स्वयम् आफ्नै जातीय विशेषताका आधारमा पूर्व र पश्चिमका फरक-फरक ठाउँका फरक-फरक राष्ट्रिय चिकित्सा पद्धतिको निचोडका आधारमा तयार भएको युगूर जातिको विशेषतायुक्त परम्परागत चिकित्सा प्रणाली हो।

युगूर जातीय चिकित्सामा प्रायजसो प्रयोग हुने औषधी

   जाँच-बुझ गरिए अनुसार, सिंग च्याङ्ग-युगूर जातीय स्वायत्त प्रदेशभरि युगूर जातिमा प्रयोग हुने प्रचलित औषधीहरु जम्मा छ सयभन्दा बढी किसिमका छन्। यसमा नित्यजसो प्रयोगमा ल्याइने ‌औषधी 360 किसिमका छन्। तीमध्ये 160 किसिमका औषधीहरु तत्स्थानमै पाइएका छन, जसले सम्पूर्ण युगूर औषधीका 27 प्रतिशत ठाउँ लिएको छ।

          युगूर औषधीमा सुगन्धयुक्त जडि-बुटीको प्रयोग गर्ने चलन हुन्छ। सामान्यतया प्रयोग हुने औषधीहरुमा कस्तुरी, ह्वेल माछाको ठूलो आन्द्रामा हुने मैनजस्तो चट्टो पदार्थ, ल्वाङ्ग, अलैंची आदि छन्। साथै त्यहाँ वान्ता गराउन उपयोगमा ल्याइने एक प्रकारको साह्रो फल, डेटुरा, क्यामेल थर्न लगातयका केही विषालु जडि-बुटीको पनि प्रयोग गर्ने चलन थियो।