च्वांग जातीय चिकित्सा

च्वांग जातीय चिकित्सा

          च्वांग जाति चिनियाँ अल्पसंख्यक जातिहरुमध्ये सबैभन्दा बढी जनसंख्या भएको जाति हो । थांग राज-वंशपछि त्यसको आफ्नो विशेष जातीय शैली र आफ्नै चिकित्सा प्रणाली तयार भएको थियो। थांग र सुंग राज-वंशमा प्रकाशित औषधि सम्बन्धी किताबमा विख हटाउने सम्बन्धी लिन् नान् प्रेस्क्रिप्शन अंकित गरिएको थियो ।

         चिकित्सा किताबमा पनि "लिन् नान् प्रेस्क्रिप्शन" देखापरेका थिए जसबाट मातृ-भूमिको परम्परागत चिकित्सा शास्त्रमा च्वांग जातिको चिकित्सा लगायत दक्षिणी चीनका अल्पसंख्यक जातिको चिकित्सा प्रणालीको स्पष्ट स्थान प्रतिबिम्बित भएको थियो। मिंग र छिंग राज-वंशताका अर्थात् सन् 1368 देखि 1911 सम्मको अवधि च्वांग जातीय चिकित्साको विकासको अवधि थियो । उक्त अवधिमा लि श चनको 《बन् छाओ कांग मु》र क्वांग सि प्रदेशका विभिन्न ठाउँका ऐतिहासिक रिकर्डमा च्वांग जातिको चिकित्सा अंकित हुनुबाहेक केही स्थानीय चिकित्सा शिक्षा सम्बन्धी संस्था पनि खोलिएको थियो।

          बितेका हजारौं वर्षदेखि यता लोक जगतमा च्वांग जातिको चिकित्साका गोप्य प्रेस्क्रिप्शन उपयोगमा आउनेगरेको छ । त्यसले चीनको परम्परागत चिकित्साको विकासका लागि ठूलो योगदान गरेको छ।

च्वांग जातीय चिकित्सा अन्तर्गत प्रयोग गरिएका औषधि

          च्वांग जातीय औषधि विकासोन्मुख जातीय औषधि हो र त्यो अझै पनि पूर्ण भएको छैन । च्वांग जातिका मानिसहरु धेरैजसो लिन् नान्को उप-उष्ण कटिबन्धीय क्षेत्रमा बसोबास गर्दछन। त्यहाँ प्रशस्त जनावर र वनस्पति सम्बन्धी स्रोतहरु छन। च्वांग जातिसित सर्प, मूसा र पहाडी पंक्षी खान मन पराउने चालचलन रहेकाले जनावरको उपयोगमा आधारित औषधिको उपयोग सामान्य छ।

           च्वांग जातीय औषधिको अर्को विशेषता विष हटाउने कुशलता हो। यस जातिको विष हटाउने परिधि धेरै व्यापक छ । क्वांग सि प्रदेशको प्रख्यात सर्प-औषधि च्वांग जातीय औषधिको यौटा ठूलो नमूना र योगदान हो।