राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र

          आर्थिक प्राविधिक क्षेत्र भनेको विदेशका लागि खुला हुने चीनका क्षेत्रहरुको एक संगठनात्मक रुप हो। यो बाहिरका लागि खुला हुने शहरले आफ्नो परिधिभित्रै निर्धारण गरेको एक सानो अलग क्षेत्र हो। त्यस क्षेत्रमा धन-जनको शक्तिलाई केन्द्रित पारेर पूर्णता दिलाउने खालको मूलभूत प्रबन्धहरुको निर्माण गर्ने र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने खालको लगानीको वातावरण सिर्जना गर्ने गरिन्छ। विदेशी पूंजी भित्र्याउने तरीकामार्फत उच्च र नयाँ प्रविधियुक्त व्यवसायको प्रधानतामा रहेको आधुनिक औद्योगिक बनौट तयार हुन्छ। जुन त्यस शहर तथा वरिपरिका क्षेत्रहरुका बाहिरी भागका लागि आर्थिक तथा व्यापारिक विकास गर्ने दिशाको महत्वपूर्ण क्षेत्र बन्नेछ।

          सन् 1988 मा चीनको राज्यपरिषद्‍ले विदेशका लागि खुला हुने 14 वटा समुद्र तटवर्ती शहरहरुमा पहिलो खेपमा ता लेन, छिँग व्हाँग ताउ, थेन चिन्, येन थाई, छिँग ताउ, लेन युन काङ्ग, नान थोँग, मिँग हाङ्ग, होँग छ्यां, छाउ ह चिँग, निँग पो, फु चौ, व्काँग चौ, चान च्याङ्गग गरी 14 वटा राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्रको स्थापना गर्न अनुमोदन गरेको थियो। हालसम्म चीनमा खडा गरिएका राष्ट्रिय स्तरका आर्थिक प्राविधिक विकास क्षेत्रहरुको संख्या 49 पुगेको छ। तीमध्ये पूर्वी समुद्री तटवर्ती भेगमा 27 र मध्य र पश्चिमी भेगमा 22 वटा छन्। यसका अतिरिक्त चीनको राज्यपरिषद्‍ले त्यस पछि पनि सु चौ ‌औद्योगिक क्षेत्र, चिन छ्याओ निकासी प्रशोधन क्षेत्र, निँग पो शहरको ता शे आर्थिक प्राविधिक विकास क्षेत्र, स्यामन शहरको हाई छाङ्ग लगानी क्षेत्र र हाई नान प्रान्तको याङ्ग फु विकास क्षेत्र लगायतका क्षेत्रहरुमा आर्थिक प्राविधिक विकास क्षेत्रको स्थापना गर्ने सम्बन्धी नीतिलाई अनुमोदन गरेको थियो।

          राष्ट्रिय स्तरको आर्थिक प्राविधिक विकास क्षेत्र विदेशका लागि खुला हुने चीनका क्षेत्रहरुको महत्वपूर्ण संगठनात्मक भाग हो। ती क्षेत्रहरु प्रायजसो विभिन्न प्रान्त, शहर वा स्वायत्त प्रदेशको सदरमुकाम जस्ता मुख्य शहरमा अवस्थित छन्। बाहिरका लागि खुला हुने समुद्र तटवर्ती शहर वा अरु खुला शहरहरुमा एक सानो क्षेत्रलाई तोकेर त्यसमा धनजनको शक्तिलाई केन्द्रीत पारेर पूर्णता दिलाउने खालको मूलभूत प्रबन्धहरुको निर्माण गर्ने र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने खालको लगानीको वातावरण सिर्जना गर्ने गरिन्छ। विदेशी पूंजी भित्र्याउने तरीकामार्फत उच्च तथा नयाँ प्रविधियुक्त व्यवसायको प्रधानतामा रहेको आधुनिक औद्योगिक बनौट तयार हुनेछ। जुन त्यस शहर तथा वरिपरिका क्षेत्रहरुको बाहिरका लागि आर्थिक र व्यापारिक विकास गर्ने दिशाको महत्वपूर्ण क्षेत्र बन्नेछ।