यु ओपेरा

             ह नान प्रान्तको स्थानीय ओपेरालाई "यु ज्यु" भनिन्छ। यस ओपेराले यो नाम नयाँ चीनको स्थापनापछि मात्र पाएको हो। यु ज्यु ओपेरालाई "ह नान पाँग च" वा "ह नान उच्च टोन" पनि भनिन्छ। यस ओपेराको गीत शुरुमा अभिनेता-अभिनेत्रीले आफ्नै स्वरमा गाउँथे। अभिनेता र अभिनेत्रीले ओपेरा गाउन शुरु गर्दा र समाप्त हुनलागेको बेलामा नक्कली र उच्च स्वरमा गाइन्थ्यो। पहिले ह नान प्रान्तको पश्चिमी पहाडी क्षेत्रमा माटो उचालेर बनाइएको मञ्चमा यु ओपेरा देखाइन्थ्यो। यु ओपेरा ह नान, ह पै, शान तुङ्ग, वल्लो शानसी, हु पै, छिङ्ग हाई प्रान्त र निन शिया-व्है जातीय स्वायत्त प्रदेश र सिन च्याँ युगूर जातीय स्वायत प्रदेश आदि दशभन्दा बढी क्षेत्रमा प्रचलित छ। यु ओपेरा चीनका प्रशिद्ध ओपेराहरुमध्येको एक पनि हो।

           यु ओपेरा मिन वंशको अन्त्य र छिङ्ग वंशको शुरुमा देखापरेको थियो। आरम्भमा बाजा नबजाइकन खालि मान्छेले गाउँथे। जन-साधारणहरुले त्यसलाई निकै मन पराएका थिए। तथापि यसको वास्तविक इतिहास बारे जानकारी हासिल गर्न गाह्रो छ। कुनै भनाइमा मिन वंशको अन्त्यमा पल्लो शान्सीको "चिन छ्याङ्ग" भन्ने ओपेरा र फु चाउ क्षेत्रको "पाङ्ग च" भन्ने ओपेरा ह नान क्षेत्रमा फैलिएपछि यी दुइ ओपेराहरु र स्थानीय लोक गीत तथा लयसँगै मिलेर यु ओपेरा बनेको थियो। अर्को भनाइअनुसार, यु ओपेरा सोझै "पै छ्यु शिएन शु" लयबाट विकसित भएको हो।

           यु ज्यु ओपेरामा भिन्नै किसिमका लय छ। मोटामोटी रुपमा चार किसिमका लय छन्। यिनीहरु यस प्रकार छन्- ह नान प्रान्तको खाइ फोङ्ग शहरमा "शिआन फु" लय छ, शान छ्यु क्षेत्रमा "यु तुङ्ग "लय वा "तुङ्ग लु" लय छ, लो याङ्ग शहरमा "यु सि" लय वा "सि फु" लय वा "खाउ शान व्हान" लय र लो ह क्षेत्रमा "शा ह" लय वा "स्थानीय पाङ्ग च" छ । तर जे भए पनि "यु ज्यु" ओपेराको लय खासगरी दुइवटा लयमा बिभाजित छ- लोग्ने मान्छेले "यु तुङ्ग" लयमा गाउँदा स्वार उच्च हुन्छ, स्वास्नी मान्छेले गाउँदा स्वर लचिलो हुन्छ। हँसाउने खालको नाटकमा "यु तुङ्ग" लय प्रयोग गरिन्छ। "यु सि" लय खासगरी दुखान्तक नाटकमा प्रयोग गरिन्छ।

        "यु ज्यु" ओपेरामा चिनियाँ परम्परागत बाजा खासगरी "आर हु, शान श्येन, फि पा, शन, शो ना र बाँसुरी" आदिको प्रयोग गरिएको छ। यी बाजाहरुको लय तिव्र र खुशीलाग्दो छ।

          "यु ज्यु" ओपेराको मुख्य रुप गायन हो। ओपेरामा मान्छेको शक्तिशाली भावना र स्थानीय जन-समूहको जीवन देखाउनु यस ओपेराको शैली हो। यस बाजाको लय पनि सशक्त छ।

         सन् 1927 अघिको "ह नान पाङ्ग च" ओपेरामा अभिनेत्रीको व्यवस्था थिएन। त्यसपछि छाङ्ग शिआँग यु, छन् शु चन, मा चिन फोङ्ग, येन लि फीङ्ग र छयु लान थिएन यी पाँचवटी लोकप्रिय अभिनेत्री देखापरे जसका विद्यार्थीहरु हाल देशभरि फैलिएका छन।

         "यु ज्यु" ओपेराका परम्परागत नाटकहरुको संख्या एक हजारभन्दा बढी छ। यसमा अधिकांश ऐतिहासिक कथाको प्रदर्शन गर्नेगरिएको छ। मुख्यतः युवाहरु बीचको माया-प्रिती, विवाह जस्ता कुराहरु ती नाटकमा देखाइन्छ। जन-गणतन्त्र चीनको स्थापना भएपछि वास्तविक जीवनसँग सम्बन्धित आधुनिक नाटक र नयाँ ढाँचाका ऐतसहासिक नाटकहरु पनि देखाइन्छ जसबाट यो पूरानो ओपेरामा नयाँ विकासका कुरा समावेश गर्नपाइएको छ।

          ओपेराको लोक आधार रहे तापनि हाल यसको विकासमा गम्भीर समस्या देखा परेको छ। उदाहरणका लागि यसका दर्शकहरुको संख्या घटेको छ, ओपेरा मण्डलीको आर्थिक अवस्था त्यति राम्रो छैन, अभिनेता तथा अभिनेत्री र नाटककारको अभाव छ, नाटकमा देखाइने सँस्कृति र कलात्मक गुण युगसँग अलिक नमिल्दो देखिन्छ आदि।