अर्थतन्त्रको अवस्था सम्बन्धी संक्षिप्त जानकारी

           सन् 1949 मा नयाँ चीनको स्थापना भएदेखि यता चीनको अर्थतन्त्रमा तिव्र विकासको गतिले निरन्तरता पाएको छ। सन् 2012मा चीनको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन परिमाण 83 खरब अमेरिकी डलर पुगेको थियो र यो परिमाण अमेरिकाको तुलनामा मात्र कम थियो। सन् 2012 को अन्त्यमा चीनको प्रती व्यक्ति सरदर आम्दानी छब्बीस हजार चिनियाँ युआन भन्दा बढी पुगेको छ।

          हाल चीनमा लगानी र उपभोगको वातावरण निकै राम्रो छ। सन् 2012 मा चीनमा अचल पूंजी र मालसामानको लगानी 374 खरब चिनियाँ युआन भन्दा बढी पुगेको छ र उपभोग्य वस्तुको कुल खुद्रा व्यापार लगभग 207 खरबभन्दा बढी पुगेको छ। अनि वैदेशिक व्यापार 38 खरव 7 अरब अमेरिकी डलर भन्दा बढी पुगेको छ। यो परिमाण अमेरिकाको भन्दा कम हो। यी विषयमा चीन विश्वमा दोस्रो स्थानमा रहेको छ। सन् 2012को अन्तमा चीनको विदेशी मुद्राको संचिति मात्रा 33 खरब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

          30 भन्दा बढी अवधिको सुधार तथा खुलापन र आधुनिकीकरणको निर्माणमार्फत चीनले आधारभूत रुपमा योजनाबद्ध अर्थतन्त्रबाट समाजवादी बजारमुखी अर्थतन्त्रतिरको परिवर्तन, र समाजवादी बजारमुखी आर्थिक प्रणालीलाई क्रमश: पूर्णता दिइरहेको छ। यसका साथै चीनको ऐन र कानूनले पनि क्रमश: पूर्णता पाइरहेको छ। बजारको खुलापनको अवस्थामा झन-झन सुधार हुँदैआएको छ। लगानीको वातावरणमा निरन्तर रुपमा सुधार भैरहेको छ। मौद्रिक व्यवस्थाको सुधार स्थिर रुपमा भइरहेको छ। यी कदमहरुले चीनको अर्थतन्त्रको निरन्तर विकासका लागि सबल आधार उपलव्ध गराएका छन्।

           नयाँ शताद्बिमा चीनले "मानिस र प्रकृति", "मानिस र समाज", "शहर र गाउँ ", "पूर्व र पश्चिम" र "अर्थतन्त्र र समाजको पूर्ण र संतुलित विकास" भन्ने धारणा प्रस्तुत गरेको छ।