सी चिन फिङ

सी चिन फिङ,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1953 को जून महिनामा पल्लो शान सि प्रान्तको फू भिङ जिल्लामा जन्मनुभएको हो। सन् 1969 को जनवरीदेखि उहाँले पेशागत रूपमा काम थाल्नुभएको हो। उहाँ सन् 1974 को जनवरीदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। उहाँले छिङ ह्वा विश्वविद्यालयको मानव तथा समाज शास्त्र विषयअन्तर्गत माक्सवादी सिद्धान्त तथा वैचारिक राजनैतिक शिक्षण बिषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ। स्नातकपछि रोजगारी गर्नुका साथै स्नातकोत्तरका लागि अध्ययन गर्नुभएको थियो र अन्तमा, उहाँले कानून शास्त्रमा विद्यावारिधी हासिल गर्नुभएको छ।

वर्तमान पद: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष, जन गणतन्त्र चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष।

सन् 1969 देखि 1975 सम्म पल्लो शान सि प्रान्तको येन छ्वान जिल्लाको वन आन यी कम्यून अन्तर्गत ल्याङ च्या ह टोलीमा रहेर विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो। त्यति बेला चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत त्यहाँको स्थानिय समितिका सचिव पनि हुनुभएको थियो।

सन् 1975 देखि 1979 सम्म छिङ्ग ह्वा विश्वविद्यालयमा रासायनिक उद्योग विषयमा अध्ययन गर्नुभएको थियो।

सन् 1979 देखि 1982 सम्म राज्य परिषदको कार्यालय तथा चीनको केन्द्रीय सैन्य आयोग कार्यालयका सचिव हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका उप-सचिव हुनुभएको थियो।

सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको ह पै प्रान्तको चङ तिङ जिल्ला समितिका सचिव, चङ तिङ जिल्लाको सशस्त्र विभागका प्रथम राजनीतिक कमिश्नर साथै चिनियाँ कम्युनिष्ट पार्टीको चङ तिङ जिल्लाको सशस्त्र विभागको प्रथम सचिव हुनुभएको थियो।

सन् 1985 देखि 1988 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको स्या मन शहर समितिका स्थायी सदस्य एवम् स्या मनका उप-मेयर हुनुभएको थियो।

सन् 1988 देखि 1990 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको निङ त क्षेत्र समितिका सचिव एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको निङ त सैनिक शाखा समितिका प्रथम सचिव हुनुभएको थियो।

सन् 1990 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्तको फु चौ शहर समितिका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभएको थियो।

सन् 1993 देखि 1995 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका स्थायी सदस्य, फु चौ समितिका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टी फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभएको थियो।

सन् 1995 देखि 1996 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव, फु चौ समितिका सचिव, फु चौ शहरको जन काँग्रेसका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टीको फु चौ शहरको सैनिक शाखाका प्रथम सचिव हुनुभएको थियो।

सन् 1996 देखि 1999 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर पनि हुनुभएको थियो।

सन् 1999 देखि 2000 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तका कार्यवाहक प्रमुख, नान चिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उप-प्रमुख, फु चेन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख, फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर हुनुभएको थियो।

सन् 2000 देखि 2002 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिका उप-सचिव,फु चेन प्रान्तका प्रमुख, नान चिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उप-प्रमुख, फु चेन प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख, फु चेन प्रान्तको तोपखानाका प्रथम राजनीतिक कमिश्नर हुनुभएको थियो।

(सन् 1998 देखि 2002 सम्म रोजगारका साथै छिङ ह्वा विश्वविद्यालय अन्तर्गत मानवता तथा समाज विभागमा माक्सवाद सिद्धान्त तथा वैचारिक राजनीतिक प्रशिक्षण विषयबारे अध्ययन गर्नुभएर कानूनमा डाक्टर डिग्री अर्थात् विद्यावारिधी प्राप्त गर्नुभयो।)

सन् 2002 मा चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका उप-सचिव,च च्याङ प्रान्तका कार्यवाहक प्रमुख, नान चिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उप-प्रमुख,च च्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख हुनुभएको थियो।

सन् 2002 देखि 2003 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका सचिव,च च्याङ प्रान्तका कार्यवाहक प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तको सैनिक समितिका प्रथम सचिव, नान चिङ सैनिक शाखा क्षेत्रको राष्ट्रिय प्रतिरक्षा समितिका उप-प्रमुख,च च्याङ प्रान्तको राष्ट्रिय प्रतिरक्षा समितिका प्रमुख हुनुभएको थियो।

सन् 2003 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्त समितिका सचिव,च च्याङ प्रान्तको जन काँग्रेसको स्थायी समितिका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टीको च च्याङ प्रान्तको सैनिक समितिका प्रथम सचिव हुनुभएको थियो।

सन् 2007 मा चिनियाँ कम्युनिष्ट पार्टीको शाङहाई शहर समितिका सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको शाङहाई रक्षक सेनाका प्रथम सचिव हुनुभएको थियो।

सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य, चीनको केन्द्रिय सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको पार्टी स्कूलका प्रमुख हुनुभएको थियो।

सन् 2008 देखि 2010 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य, चीनको केन्द्रिय सचिवालयका सचिव, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टी स्कूका प्रमुख हुनुभयो।

सन् 2010 देखि 2012 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका स्थायी सदस्य, चीनको केन्द्रीय सचिवालयका सचिव, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष, चीनको केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको पार्टी स्कूलका प्रमुख हुनुभयो।

सन् 2012देखि 2013सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष, चीनको केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष हुनुभयो।

सन् 2013देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव,चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय सैन्य आयोगका अध्यक्ष, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष, चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष हुनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको पन्ध्रौं केन्द्रिय समितिका वैकल्पिक सदस्य तथा सोहौं, सत्रौं, र अठारौं समितिका सदस्य हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं अधिवेशनको केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य, केन्द्रिय सचिवालयका सचिव हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं तथा उन्नाइसौं अधिवेशनको केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य र केन्द्रिय समितिका महासचिव हुनुभयो। एघारौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा जन गणतन्त्र चीनका उप-राष्ट्राध्यक्ष पदमा निर्वाचित हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सैन्य आयोगका अध्यक्ष निर्वाचित हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रिय समितिको पाँचौं पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सैन्य आयोगका उपाध्यक्षमा नियुक्त हुनुभयो। एघारौं राष्ट्रिय जन काँग्रेसको सत्रौं अधिवेशनमा जन गणतन्त्र चीनको केन्द्रिय सैन्य आयोगका उपाध्यक्षमा निर्वाचित हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रिय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सैन्य आयोगका अध्यक्षमा नियुक्त हुनुभयो। बाह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनमा जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष र केन्द्रिय सैन्य आयोगका अध्यक्षमा निर्वाचित हुनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं केन्द्रिय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सैन्य आयोगका अध्यक्षमा नियुक्त हुनुभएको छ।