लि ख छ्याङ्ग

लि ख छ्याङ्ग,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1955को जूलाई महिनामा आन व्है प्रान्तको दिङ्ग य्वान जिल्लामा जन्मनु भएको हो। उहाँले सन् 1974 को मार्चदेखि जागिर खान थाल्नुभएको हो। सन् 1976 को मेमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँ पैचिङ विश्वविद्यालयअन्तर्गत कानून विभागबाट कानून शास्त्रमा स्नातक उत्तीर्ण गर्नुका साथै उक्त विश्वविद्यालयअन्तर्गत अर्थ विभागबाट जागिरसँगसँगै अर्थ शास्त्रमा पनि विद्यावारिधी पद हासिल गर्नुभएको छ।

वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका सचिव।

सन् 1974 देखि 1976 सम्म आन व्है प्रान्तमा अवस्थित फङ्ग याङ जिल्लाको ता म्याउ सार्वजनिक समितिको तुङ्ग लिङ्ग गाउँमा विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

सन् 1976 देखि 1978 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत आन ह्वै प्रान्तीय फङ याङ जिल्लाको ता म्याउ सार्वजनिक समितिको ता म्याउ गाउँ शाखा समितिका सचिव हुनुभएको थियो।

सन् 1978 देखि 1982 सम्म पैचिङ विश्वविद्यालयमा कानूनशास्त्र अध्ययन गर्नुभएको थियो र पैचिङ विश्वविद्यालयको विद्यार्थी समितिका जिम्मेवार व्यक्ति पनि हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगअन्तर्गत पैचिङ विश्वविद्यालयका सचिव त्यसैगरी चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समितिका स्थायी सदस्य हुनुभएको थियो।

सन् 1983मा चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रिय समितिको स्कूल तथा विश्वविद्यालय विभागका प्रमुख एवम राष्ट्रिय विद्यार्थी संघका महासचिव हुनुभएको थियो।

सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका वैकल्पिक सचिव हुनुभएको थियो।

सन् 1985 देखि 1993 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका सचिव एवम् अखिल चीन युथ संघका उपाध्यक्ष हुनुभएको थियो। यस अवधिभित्र सन् 1991को सेप्टेम्बरदेखि 1991को नभेम्बरसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलअन्तर्गत प्रान्त तथा मन्त्रालयस्तरीय पदाधिकारीको तालिम लिनुभएको थियो।

सन् 1993 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट युथ लीगको केन्द्रीय समिति सचिवालयका प्रथम सचिव एवम् राजनीतिक शास्त्र अध्ययन चिनियाँ युवा विश्वविद्यालयका प्रमुख हुनुभएको थियो।

(सन् 1988 देखि 1994 सम्म कामसँगसँगै यता पैचिङ विश्वविद्यालयअन्तर्गत अर्थ विभागबाट अर्थशास्त्रमा स्नातकोत्तरका साथै विद्यावारिधी हासिल गर्नुभएको छ।)

सन् 1998 देखि 1999 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका कार्यवाहक प्रमुख हुनुभएको थियो।

सन् 1999देखि 2002सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका उप-सचिव र ह नान प्रान्तका प्रमुख हुनुभएको थियो।।

सन् 2002देखि 2003सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका सचिव र ह नान प्रान्तका प्रमुख हुनुभएको थियो।

सन् 2003 देखि 2004 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ह नान प्रान्तीय समितिका सचिव र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिअन्तर्गत ह नान प्रान्त समितिका प्रमुख हुनुभएको थियो।

सन् 2004 देखि 2005 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव हुनुभएको थियो।।

सन् 2005 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तीय समितिका सचिव र चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिअन्तर्गत ल्याउ निङ्ग प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।

सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य हुनुभएको थियो।

सन् 2008 देखि 2013सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका उपसचिव हुनुभएको थियो।

सन् 2013 देखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका प्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत चीनको राज्य परिषदको शाखा समितिका सचिव पदमा रहँदैआउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पन्ध्रौं, सोह्रौ, सत्रौं, अठारौं तथा उन्नाइसौँ अधिवेशनको केन्द्रिय समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं, अठारौं तथा उन्नाइसौँ अधिवेशनको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् स्थायी सदस्य हुनुभएको छ। साथै उहाँ चिनियाँ राष्ट्रिय जन काँग्रेसको आठौं स्थायी समितिका सदस्य पनि हुनुभएको थियो।