चाउ ल ची

चाउ ल ची,हान जातिका हुनुहुन्छ। उहाँ सन् 1957 को मार्च महिनामा जन्मनु भएको हो। पल्लो शान सी प्रान्तको सि आनबासी हुनुहुन्छ। उहाँले सन् 1974 को सेप्टेम्बरदेखि काम गर्न थाल्नुभएको हो। उहाँ सन् 1975को जुलाईदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलबाट स्नातकोत्तर डिग्री पाउनुभएको छ।

वर्तमान पद: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत अनुशासन अनुगमन आयोगका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सँगठन विभागका प्रमुख।

सन् 1974 देखि 1975 सम्म छिङहाई प्रान्तको क्वै त जिल्लाको ह तुङ गाउँको कुङ पा टोलीमा विद्यार्थी अवस्थामा नै श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।

सन् 1975 देखि 1977 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोका सम्वाददाता हुनुभएको थियो।

सन् 1977 देखि 1980 सम्म पैचिङ विश्व विद्यालयअन्तर्गत दर्शन शास्त्र विभागमा दर्शन शास्त्रको अध्ययन गर्नुभएको थियो।

सन् 1980 देखि 1982 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका कर्मचारी,छिङहाई प्रान्तको वाणिज्य विद्यालयका शिक्षक तथा कम्युनिष्ट युथ लिग अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य विद्यालयका सचिव हुनुभएको थियो।

सन् 1982 देखि 1983 सम्म छिङहाई प्रान्तको वाणिज्य विद्यालयका शिक्षा कार्यालयका उप-प्रमुख हुनुभएको थियो।

सन् 1983 देखि 1984 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका उप-प्रमुख,कम्युनिष्ट युथ लिग अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य व्यूरोको राजनीतिक विभागका सचिव हुनुभएको थियो।

सन् 1984 देखि 1986 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्तको हार्डवेयर,विद्युतीय उपकरण तथा रासायनिक कम्पनीका सचिव एवम छिङहाई प्रान्तको हार्डवेयर,विद्युतीय उपकरण तथा रासायनिक कम्पनीका मेनेजर हुनुभएको थियो।

सन् 1986 देखि 1991 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोका उप-प्रमुख,चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य व्यूरो समितिका उप-सचिव हुनुभएको थियो।

सन् 1991 देखि 1993 सम्म छिङहाई प्रान्तको वाणिज्य व्यूरोका प्रमुख,चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्तको वाणिज्य व्यूरो समितिका सचिव हुनुभएको थियो।

सन् 1993 देखि 1994 सम्म छिङहाई प्रान्तका सहायक प्रमुख, छिङहाई प्रान्तको अर्थ व्यूरोका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्तको अर्थ व्यूरो समितिका सचिव हुनुभएको थियो।

सन् 1994 देखि 1995 सम्म छिङहाई प्रान्तका उप- प्रमुख, छिङहाई प्रान्तको अर्थ व्यूरोका प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्तको अर्थ व्यूरो समितिका सचिव हुनुभएको थियो।

सन् 1995 देखि 1997 सम्म छिङहाई प्रान्तका उप-प्रमुख हुनुभएको थियो।

सन् 1997 देखि 1997सम्म छिङहाई प्रान्तका उप-प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत सि नीङ शहर समितिका सचिव हुनुभएको थियो।

सन् 1997 देखि 1999सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका उप-सचिव, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत सि नीङ शहर समितिका सचिव हुनुभएको थियो।

(सन् 1996 देखि 1998 सम्म चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत स्नातकोत्तर स्कूलको मुद्रा र बैंकिङ शास्त्रको स्नातकोत्तर कक्षामा अध्ययन गर्नुभएको थियो।

(सन् 1998को सेप्टेम्बर देखि 1999को जनवरीसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलको मन्त्री स्तरका पदाधिकारीका लागि तालिम कक्षामा तालिम लिनुका साथै अध्ययन गर्नुभएको थियो।)

सन् 1999 देखि 2000सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका उप-सचिव, छिङहाई प्रान्तका कार्यवाहक प्रमुख हुनुभएको थियो।

सन् 2000 देखि 2003सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका उप-सचिव, छिङहाई प्रान्तका प्रमुख हुनुभएको थियो।

सन् 2003 देखि 2003सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका सचिव, छिङहाई प्रान्तका प्रमुख हुनुभएको थियो।

सन् 2003 देखि 2004सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका सचिव हुनुभएको थियो।

सन् 2004 देखि 2007सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत छिङहाई प्रान्त समितिका सचिव, छिङहाई प्रान्तको जन काँग्रेसका प्रमुख हुनुभएको थियो।

(सन् 2002 देखि 2005सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलमा जागिरसँगसँगै स्नातकोत्तरका लागि राजनीतिक शास्त्रको अध्ययन गर्नुभएको थियो।)

सन् 2007 देखि 2008सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पल्लो शान सि प्रान्त समितिका सचिव हुनुभएको थियो।

सन् 2008 देखि 2012सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पल्लो शान सि प्रान्त समितिका सचिव, पल्लो शान सि प्रान्तको जन काँग्रेसका प्रमुख हुनुभएको थियो।

सन् 2012 देखि 2017सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सचिवालयका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सँगठन विभागका प्रमुख हुनुभयो।

सन् 2017 देखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक व्यूरोका स्थायी सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत अनुशासन अनुगमन आयोगका सचिव, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सँगठन विभागका प्रमुखको पदमा आसीन हुनुहुन्छ।

उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सोह्रौं अधिवेशनदेखि हालसम्मको उन्नाइसौं अधिवेशनको केन्द्रीय समितिका सदस्य रहँदैआउनुभएको छ। उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं अधिवेशनको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य हुनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं अधिवेशनको केन्द्रीय समिति अन्तर्गत सचिवालयका सचिव हुनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं अधिवेशनको केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य हुनुहुन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं अधिवेशनको केन्द्रीय समिति अन्तर्गत अनुशासन अनुगमन आयोगका सदस्य, स्थायी सदस्य तथा सचिव पदमा नियुक्त हुनुभएको छ।